kumari
stcnepal

नेपाललाई जितका लागि ७४ रनको लक्ष्य

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेट गुमाएर ७३ रन बनाएको हो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर करण केसी र अविनाष बोहराले दुई–दुई विकेट लिए । ललित राजवंशी र प्रतिस जिसीले पनि एक–एक विकेट हात पारे । साउदी अरेबियाको पहिलो विकेट पनि करण केसीले लिएका थिए । उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । पहिलो ओभरको दोस्रो बलमा फैसल खान आउट हुँदा साउदी अरेबियाले केवल ६ रन बनाएको थियो ।

नेपाल र साउदी अरेबिया बिचको खेल नेपाली समय अनुसार, विहान ११ः ४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो । त्यसैले खेल आठ–आठ ओभरमा झारिएको थियो ।

footer