kumari
stcnepal

राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा अन्जना शाक्य र महालेखापरीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । त्यस्तै राष्ट्रपतिले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।

footer