kumari
stcnepal

मधेश सरकारको मन्त्रिपरिषद् विस्तारको तयारी

जनकपुरधाम । मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए ।

आजै सपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो ।

११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जसपाको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १/१ मन्त्रालय छन् । माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ मन्त्री नियुक्त हुन लागेको स्रोतले जनाएको छ ।

footer