kumari
stcnepal

दुई जना सचिव बढुवाका लागि २ जनाको नाम सिफारिस

काठमाडौं । दुई जना सचिव बढुवाका लागि २ जनाको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले लेखापरीक्षणतर्फबाट नायब महालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी र प्रशासनतर्फबाट कोशीका कायममुकायम प्रमुख सचिव केदारनाथ शर्माको विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारिस गरेको हो । दुबै जनाको नाम एकल रुपमा सिफारिस भएको स्रोतले जनायो ।

महालेखा परीक्षकको कार्यालयमा रिक्त सचिवस्तरको उप महालेखापरीक्षक पदका लागि अन्य नायब महालेखापरीक्षकहरू योग्य नभएपछि अधिकारीको नाम एकल रुपमा सिफारिस भएको हो । विशिष्ट श्रेणीमा बढुवाका लागि योग्य हुन नायब महालेखापरीक्षकका रुपमा ५ वर्ष काम गरेको र नेतृत्व विकाससम्बन्धी तालिम लिएको हुनुपर्छ । निजामती सेवा ऐनअनुसार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ‘सिनियर एक्जियुटिभ डेभलप प्रोग्राम’ (एसईडीपी) कोर्स डिजाइन गरेको छ । ६ महिने यो कोर्स गरेपछि सहसचिवहरु सचिवमा बढुवाका लागि योग्य हुन्छन् ।

कायममुकाय प्रमुख सचिव शर्मा भने यसअघि ४ पटक कार्यसम्पादनका आधारमा सचिवमा बढुवा लागि सिफारिसमा पसिकेका थिए । ५औंपटक ज्येष्ठताको आधारमा सचिव बढुवा हुने व्यवस्था भएका कारण उनको नाम एकल रुपमा बढुवाका लागि सिफारिस भएको हो । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले उनीहरूको बढुवाको निर्णय गर्नेछ ।

footer