kumari
stcnepal

कोशी प्रदेशसभा बाट संकल्प प्रस्ताव पारित ५२ सासद प्रस्तावको पक्षमा उभिए

विराटनगर । कोशी प्रदेशसभामा बिहीबार पेस भएको संकल्प प्रस्तावको पक्षामा ५२ जना प्रदेशसभा सदस्य उभिएका छन् ।

कोशी प्रदेशसभामा ध्वनि संकल्प प्रस्ताव पास भएपछि मत विभाजनको माग हुँदा पक्षमा ५२ जना प्रदेशसभा सदस्य उभिएका हुन् ।

विपक्षमा भने एक जना पनि उभिएनन् । ध्वनि मतले पास भएपछि मत विभाजन गर्ने व्यवस्था नभएको भन्दै कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्य सहभागी भएनन् । ३ जना प्रदेशसभा सदस्य भने तटस्थ रुपमा उभिए । सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा भएको संकल्प प्रस्ताव पास भएको हो ।

footer