kumari
stcnepal

जोशी र ढकाललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । उनी प्रहरी प्रवक्ताको जिम्मेवारीमा पनि छन् ।

यस्तै जोशी भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा छन् । वैशाख चार गते बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा जोशी र दोस्रो नम्बरमा ढकाललाई बढुवाका लागि सिफारिस गरेको थियो ।

footer