kumari
stcnepal

बेइजिङ , ग्वान्जाओ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त

काठमाडौं । सरकारकाले तीन देशका लागि महावाणिज्यदूत नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कलकत्ता बेइजिङ, ग्वान्जाओ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कलकत्ताको महावाणिज्यदूतमा सहसचिव झक्कप्रसाद आचार्य नियुक्त भएका छन् भने सहसचिव लक्ष्मी प्रसाद निरौलालाई ल्हासा र भरत खनाललाई ग्वान्जाओ नियुक्त गर्ने निर्णय भएको छ ।

बेइजिङको हकमा भने सरकारले गर्नु नपर्ने भएका कारण परराष्ट्र मन्त्रालयबाट नै सिधै पदस्थापन गर्ने व्यवस्था छ । गत साउन ३१ गते सरकारले सह सचिव आचार्य, निरौला, खनाल र विन्देश्वर प्रसाद लेखकलाई परराष्ट्र मन्त्रालय पठाउने निर्णय गरेको थियो । जसमध्ये तीन जनालाई बिहीबारको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै लेखकको हकमा तत्काललाई बेइजिङ मात्रै बाँकी रहेकोले परराष्ट्रबाट नै त्यहाँ पठाउने तयारी छ ।

footer