kumari
stcnepal

झापामा भिडियो कल गरेर महिला र पुरुषले गरे आत्महत्या

झा। झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीनघण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गर्नु भएको छ । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गर्नु भएको हो ।

अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ कीनम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियोकल गरेर आत्महत्या गर्नु भएको थियो । पुजा कोठामा सलको पासो लगाएर उहाँले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उहाँ झुण्डिएको अवस्थामा फेला पर्नु भएको थियो । त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको पाइएको हो ।

पाठकले वाट्सएपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गर्नु भएको थियो । प्रहरीले उहाँहरुबीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ । प्रहरीले दुवै शवलाई पोष्टमार्टमको लागि पठाएको छ ।

 

footer