kumari
stcnepal

छोरालाई राजदुत बनाउने सर्तमा सभामुखले एमसीसी सम्झौतालाई संसदमा टेवल गर्न सहमति जनाएको खुलासा

 

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लामो समयदेखि रोकेको एमसीसीहिजो आइतबार पेश गर्न सहमत हुनुमा लेनदेन जोडिएको खुलासा भएको छ ।

संवैधानिक भूमिका भन्दा बाहिर गएर सरकारको प्रस्ताव रोकेका सभामुख सापकोटाले आफ्ना छोरा रुपक सापकोटालाई राजदूत बनाउने सर्तमा एमसीसी टेबल गर्न सहमत भएको तथ्य बाहिर आएको छ ।

यस्तो सहमति भएकोबारे बालुवाटार स्रोतले खुलासा गरेको हो ।सभामुख सापकोटाले एमसीसी पेश गर्न सघाएसँगै उनका छोरालाई राजदूत बनाइने भएको छ ।छोरा रुपकलाई चीनको राजदूत बनाउन सभामुख सापकोटा पहिला देखि नै प्रयासरत रहेका थिए ।

माओवादीको भागमा चीनको लागि राजदूत परेको र छोरा रुपकलाई राजदूत बनाउनुपर्ने सभामुख सापकोटाको अडानमा अध्यक्ष प्रचण्ड सहमत भए पनि प्रधानमन्त्रीले अनुभव नभएका र कम उमेरकालाई राजदूत बनाउन आनाकानी गरिरहेको सूत्रले दावी गरेको छ ।

तर एमसीसी टेबल गराउनकै लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख पुत्रलाई राजदूत बनाउन सहमति दिएपछि सभामुखले एमसीसी सम्झौतालाई ससदमा टेवल गर्न अनुमति दिएका थिए । प्रधानमन्त्रीले एमसीसी सदनमा टेबल गर्न दिए मात्रै रुपकलाई राजदूतका लागि सिफारिस गर्ने शर्त राखेको दावी सूत्रले गरेको छ ।

footer