प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

छोरालाई राजदुत बनाउने सर्तमा सभामुखले एमसीसी सम्झौतालाई संसदमा टेवल गर्न सहमति जनाएको खुलासा

715
shares

 

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लामो समयदेखि रोकेको एमसीसीहिजो आइतबार पेश गर्न सहमत हुनुमा लेनदेन जोडिएको खुलासा भएको छ ।

संवैधानिक भूमिका भन्दा बाहिर गएर सरकारको प्रस्ताव रोकेका सभामुख सापकोटाले आफ्ना छोरा रुपक सापकोटालाई राजदूत बनाउने सर्तमा एमसीसी टेबल गर्न सहमत भएको तथ्य बाहिर आएको छ ।

यस्तो सहमति भएकोबारे बालुवाटार स्रोतले खुलासा गरेको हो ।सभामुख सापकोटाले एमसीसी पेश गर्न सघाएसँगै उनका छोरालाई राजदूत बनाइने भएको छ ।छोरा रुपकलाई चीनको राजदूत बनाउन सभामुख सापकोटा पहिला देखि नै प्रयासरत रहेका थिए ।

माओवादीको भागमा चीनको लागि राजदूत परेको र छोरा रुपकलाई राजदूत बनाउनुपर्ने सभामुख सापकोटाको अडानमा अध्यक्ष प्रचण्ड सहमत भए पनि प्रधानमन्त्रीले अनुभव नभएका र कम उमेरकालाई राजदूत बनाउन आनाकानी गरिरहेको सूत्रले दावी गरेको छ ।

तर एमसीसी टेबल गराउनकै लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख पुत्रलाई राजदूत बनाउन सहमति दिएपछि सभामुखले एमसीसी सम्झौतालाई ससदमा टेवल गर्न अनुमति दिएका थिए । प्रधानमन्त्रीले एमसीसी सदनमा टेबल गर्न दिए मात्रै रुपकलाई राजदूतका लागि सिफारिस गर्ने शर्त राखेको दावी सूत्रले गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports