kumari
stcnepal

पोख्रेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न सर्वोच्च अदालतमा रिट दायर

 

काठमाडौं । अधिवक्ता आचार्य तुलसीराम पोख्रेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

हिजो सोमबार पत्रकार सम्मेलन गरेर पोख्रेलले सनातन व्यवस्थाको बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाउँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिएका छन् ।

उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको दाबी गरेका छन् । संविधानमा धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको उनको गुनासो छ । ‘संविधानमा निरपेक्षता र सापेक्षताको व्याख्या पनि छैन् तर मान्दै आएको सनातन संस्कृति भनिएको छ । यो भनेको वैदिक सनातन संस्कति हो ।’

आफुले वैदिक सनातन संस्कृति र निरपेक्षताको बिचमा बाझिएको छ भनेर सर्वोच्चमा रिट निवेदन दिएको र उक्त रिट आगामी फागुन १२ गतेका लागि पेशीमा चढेको पनि उनले जनकारी दिए । उनले भने, ‘यसको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुन्छ । अदालतमा संविधानको भावनाअनुरूप निवेदन हालेको छु ।’ हिन्दु वैदिक सनातन संस्कृतिलाई नै संविधानले मानेको उनले ठोकुवा गरे ।

‘नेपालको संविधानमा धर्मनिरपेक्षता लेखिएको छ र त्यसको व्याख्यामा सनातन संस्कृतिको बारेमा पनि व्याख्या गरिएको छ,’ पोख्रेलले भने, ‘नेपालको संविधानको धारा ४ को उपधारा १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातन देखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको छ ।’

footer