विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोख्रेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न सर्वोच्च अदालतमा रिट दायर

637
shares

 

काठमाडौं । अधिवक्ता आचार्य तुलसीराम पोख्रेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

हिजो सोमबार पत्रकार सम्मेलन गरेर पोख्रेलले सनातन व्यवस्थाको बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाउँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिएका छन् ।

उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको दाबी गरेका छन् । संविधानमा धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको उनको गुनासो छ । ‘संविधानमा निरपेक्षता र सापेक्षताको व्याख्या पनि छैन् तर मान्दै आएको सनातन संस्कृति भनिएको छ । यो भनेको वैदिक सनातन संस्कति हो ।’

आफुले वैदिक सनातन संस्कृति र निरपेक्षताको बिचमा बाझिएको छ भनेर सर्वोच्चमा रिट निवेदन दिएको र उक्त रिट आगामी फागुन १२ गतेका लागि पेशीमा चढेको पनि उनले जनकारी दिए । उनले भने, ‘यसको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुन्छ । अदालतमा संविधानको भावनाअनुरूप निवेदन हालेको छु ।’ हिन्दु वैदिक सनातन संस्कृतिलाई नै संविधानले मानेको उनले ठोकुवा गरे ।

‘नेपालको संविधानमा धर्मनिरपेक्षता लेखिएको छ र त्यसको व्याख्यामा सनातन संस्कृतिको बारेमा पनि व्याख्या गरिएको छ,’ पोख्रेलले भने, ‘नेपालको संविधानको धारा ४ को उपधारा १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातन देखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports