kumari
stcnepal

आजको मौसम कस्तो रहला

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मौसममा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा जनाए अनुसार शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । यसैगरी सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ उच्च पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ । यसैगरी सुदूर पश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो र राति नै देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

 

 

 

 

footer