kumari
stcnepal

अर्थमन्त्री कुश्मा पर्यटनमा

काठमाडौं । एमसीसीले देशैभरि तरङ्ग उत्पन्न गरेको छ । सरकारले संसद भवनलाई काँडे तारले घेरेको छ । सडकमा सुरक्षा गस्ती सुरु बढाइएको छ । अर्थमन्त्री जनार्दन शर्मा ८ गतेको संसद बैठकमा बिरामी छु भनेर गएनन्,तर हिजो १२ गतेको बैठकमा जानुपर्ला भनेर पर्वतको कुश्मा पुगेछन् ।

अर्थमन्त्रीका लागि जिल्ला उद्योग वाणिज्य संघको साधारणसभा महत्वको कि संसदको बैठक, त्यसमा पनि एमसीसीको राष्ट्रिय बहस ।सडक र संसद आमने सामने छन्, सडक संसद घेरिरहेको छ । जनता मर्न मार्न तयार छन्, अर्थमन्त्री अर्थ विधेयक संसदमा पेश नगरी कुश्मा भागेका छन् । अर्थ विधेयक सञ्चारमन्त्रीले पेश गरेर छलफलमा अघि बढाए । योभन्दा अक्षम्य मन्त्रीको चाला के हुनसक्छ ?

यति हुँदा समेत प्रधानमन्त्रीले माओवादी र समाजवादीका मन्त्रीहरुलाई कारवाही गर्न सक्दैनन् । विभेदकारी सभामुखमाथी प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नमा ध्यान दिन सक्दैनन् । यो सरकार हो कि षडयन्त्रको पोको ?

footer