kumari
stcnepal

कस्तो रहला आजको मौसम

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा साथै कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

footer