kumari
stcnepal

प्रतिनिधिसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

काठमाडौँ । संघीय संसद् अन्तरगतको प्रतिनिधिसभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।आजको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गरेका थिए ।

 

बैठकको सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले वेल घेराउ गर्दै विरोध गरेका थिए । आगामी बैठक आइतबार १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

 

footer