kumari
stcnepal

भारतीय आयल निगमलाई भुक्तानी गर्न नेपाल आयल निगमले सरकार सँग माग्यो ४ अबॅ रूपैया

नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकार सँग पुनः रकम माग गरेको छ ।

पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोष बाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो । अपुग ४ अर्ब रुपैयाँ माग गरेर मन्त्रालयलाई पत्राचार गरिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

आगामी २४ फागुनमा आईओसीलाई बुझाउनु पर्ने इन्धन खरिदको २५ अर्ब रुपैयाँका जोहो गर्न रकम अभाव भएपछि ४ अर्ब रुपैयाँ रकम जुटाइ दिन निगमले सरकार सँग माग गरेको उनले बताए । अहिले खरिद गरेर बिक्री गरेको इन्धन बाट प्राप्त रकमले भुक्तानी गर्न नपुगेको भट्टराईले बताए । ‘यो महिनाको भुक्तानी गर्न पैसा नपुगेपछि ४ अर्ब रुपैयाँ माग गरेर पत्राचार गरेका छौं,’ उनले भने ।

कुल १३ अर्ब रहेको यस्तो कोष बाट यसअघि नै एक अर्ब ८० करोड रुपैयाँ निगमले लगिसकेको छ । जनवरी महिनाको पहिलो किस्ता बुझाउन गत फेब्रुअरीमा उक्त रकम लिएको थियो । पेट्रोलियम पदार्थको बढ्दो मूल्य र उपभोक्ता मूल्यको अन्तर चिरेर मूल्य वृद्धि रोक्न वाणिज्य सचिवको अध्यक्षता रहेको यो कोषमा अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सहसचिव सदस्य रहन्छन् ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ८ र २३ मार्चमा गरी दुई किस्तामा आईओसीलाई झण्डै २५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । मंगलबार भारतीय आयाल निगमबाट प्राप्त नयाँ मूल्य अनुसार १५ दिनमा ३ अर्ब ९ करोृड रुपैयाँ अतिरिक्त भार थपिएको छ । यस अघि नै ४६५ रुपैयाँ प्रति सिलिण्डर घाटा रहेको खाना पकाउने ग्याँसमा थप एक सय रुपैयाँ घाटा थपिएको निगमले जनाएको छ । यस्तै पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा १६ रुपैयाँ हाराहारी घाटा भएको निगमले जनाएको छ ।

 

 

footer