kumari
stcnepal

व्याख्यात्मक घोषणा एमसीसीवाट स्वीकार भएन, दाहाल नेपालको फेस सेभिङको लागि नौटकी मात्र

काठमाडौँ । लामो समयदेखी विवादको घेरामा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनसग भएको सम्झौतालाई फागुन १५ गते बसेको ससदको वैठकले व्याख्यात्मक घोषणा सहित अनुमोदन गरेको छ । सत्ता गठवन्धनमा रहेकै दलहरुभीत्र व्यापक असन्तुष्ठी रहँदा रहदै पनि जनतालाई झुक्याउनैका लागि व्याख्यात्मक घोषणाको जाल रचेर सम्झौतालाई अनुमोदन गरिएको छ । सम्झौता ससदवाट अनुमोदन हुँदा ससदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ससदमा नारावाजी गरीरहेको थियो भन्ने सत्ताघटक दलकै केही सासदहरुले सम्झौताका विपक्षमा मत जाहेर गरेका थिए । सत्तागठवन्धनमा रहेका पाँच दल मध्येको राष्ट्रिय जनमोर्चाले विपक्षमा मत जाहेर गर्दै फागुन १६ गते नै सत्तागठवन्धनवाट अलग भएको घोषणा गरेर सत्ता गठवन्धनमा रहेका दलहरुले जालझेल गरेर र प्रकृया नै नपु¥याई सम्झौत्तालाई अनुमोदन गरेका भन्दै सडक सघर्षमा गएको छ ।

सत्ताको प्रमुख घटक माओवादी केन्द्रका केही सासदहरुले सम्झौताको विपक्षमा मत जाहेर गरेपछि माओवादी केन्द्र भीत्रपनि विवाद उत्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललेयथास्थितिमा सम्झौतालाई अनुमोदन गराउन नसकिने भन्दै सम्झौताका विरोधमा आफ्ना जनवर्गिय संगठनहरुलाई सडकमा पठाएका थिए भने अर्को सत्ता घटक नेकपा एकीकृत समाजवादीका विभिन्न जनवर्गिय संठनहरु समेत सडकमा उत्रिएका थिए । दाहाल र माधव नेपालले आ आफ्नो पार्टीमा विरोधको सामना गर्नु पर्ने अवस्था देखिएपछि व्याख्यात्मक घोषणाको नौटकी रचेका थिए । एकीकृत समाजवादी नेता झलनाथ खनाल सम्झौताको विपक्षमा उभिएका छन् ।

सम्झौता ससदवाट अनुमोदन भएपछि पहिलो पटक विराटनगर पुगेका खनालले व्याख्यात्मक घोषणा खुट्टामा पिसाव गरेर तातो पारिए जस्तै हो भन्ने अभिव्यत्ति समेत दिएका छन् । त्यसै गरी काग्रेस नेता डा.मिनेन्द्र रिजालले समेत व्याख्यात्मक घोषणा को कुनै अर्थ नरहेको र पुष्पकमल दाहाल र माधव नेपाललाई फेस सेभिङ गर्नमात्र व्याख्यात्मक घोषणा गरिएको विराटनगरमा पत्रकारहरुलाई वताएका छन् । एमसीसी सम्झौता हुँदा उल्लेख गरीएकै बुँदाहरुलाई ससदले अनुमोदन गरेको हुनाले व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको रिजालले पत्रकारसामु प्रष्ठ पारेका छन् ।

ससदवाट एमसीसी सम्झौता अनुमोदन गरीएकै भोलीपल्ट नेपाल स्थिति अमेरिकी राजदूतले समेत पहिला सम्झौतामा उल्लेख भएका विषयहरुलाई नै व्याख्यात्मक घोषणामा राखिएको भन्दै ससद र सासदहरुलाई धन्यवाद समेत दिएका छन् । एमसीसी हेडक्वाटरले समेत सम्झौतालाई नेपालको ससदले अनुमोदन गरेको भन्दै अब प्रकृया अघि बढ्ने वताएको छ । एमसीसी हेडक्वाटरले निकै पहिला नै एमसीसी सम्झौतामा उल्लेख भएका वुँदाहरुमा कुनै संशोधन नहुने र समयवधि समेत नथप्ने प्रष्ठ पारिसकेको थियो । ससदले सम्झौतालाई अनुमोदन गरेपछि एमसीसी हेक्वाटरले त्यसलाई स्वागत गरेको भएपनि व्याख्यात्मक घोषणाका बारेमा केही वोलेका छैन । ससदले अनुमोदन गरेको व्याख्यात्मक घोषणालाई एमसीसी हेडक्वाटरले स्वीकार नगरेको हुनाले पहिला सम्झौतामा उल्लेख भएका सर्तहरु नै अब अघि बढ्न सक्ने सम्भावना रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फेस सेभिङ गराउनका लागि मात्र व्याख्यात्मक घोषणा गरीएको र त्यसलाई देखाएर उनीहरु पानी माथीको ओभानु वन्ने प्रयास गरी रहेको जस्तो देखिएको छ । दाहाल र नेपालले सम्झौता अनुमोदन भएकै भोली पल्ट पत्रकार सम्मेलन गर्दै,ससदले अनुमोदन गरेको व्याख्यात्मक घोषणालाई एमसीसी हेडक्वाटरले स्वीकार नगरे स्वत सम्झौता रद्ध हुने वताएका थिए । तर अमेरिकी राजदूतले पहिला आफूहरुले उठाएका वुँदाहरु नै व्याख्यात्मक घोषणामा राखीएको अभिव्यति दिएपछि दाहाल नेपालको झुठको पोल खुलेको छ । एमसीसी सम्झौत्ता अनुमोदन भएकै भोली पल्ट नै एमसीसी नेपालले परियोजनाका लागि आवश्यक पर्ने कर्मचारीहरु माग गरी सूचना प्रकाशित गरी सकेको छ । ससदले अनुमोदन गरेको वुँदाहरुका बारेका एमसीसीले कुनै प्रतिकृया नै नदिएको अवस्थामा त्यसरी कर्मचारीहरुको माग गर्नले व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको प्रष्ठ भएको छ ।

एमसीसी हेडक्वाटरले एमसीसी र नेपाल सरकारवीच भएको ५० करोड अमेरिकी डलर बरावरको मिलेनियम कम्प्याटलाई स्वीकार गरेको जनाएको छ । एमसीसी हेडक्वाटरले व्याख्यात्मक घोषणा सहितलाई स्वीकार गरेको छैन । उसले त केवल एमसीसी हेडक्वाटर र नेपाल सरकारसग भएको मिलेनियम च्यालेन्जलाई मात्र स्वीकार गरेको छ । संसदवाट व्याख्यात्मक घोषणा सहित भएको अनुमोदनलाई स्वीकार गरेको उसले जारी गरेको विज्ञप्तिमा र अमेरिकी राजदूतले पहिला आफूहरुले उठाए कै वुँदाहरुलाई व्याख्यात्मक घोषणा गरीएको वताइरहेका वेला ससदले अनुमोदन गरेको व्याख्यात्मक घोषणालाई एमसीसी हेडक्वाटरले स्वीकार ग¥र्यो भनेर ठूला ठूला डंक पिट्नु फेरी जनतालाई झुक्याउने काम वाहेक अन्य केही हुन सक्दैन, त्यो दाहाल नेपालको फेस सेभिङको लागि नौटंकी मात्र थियो, व्याख्यात्मक घोषणा ।

footer