kumari
stcnepal

सत्तारुढ गठबन्धनले तालमेलको खाका टुंग्याउन ४ वैशाख सम्मको समयसीमा तोक्यो

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका टुंग्याउन ४ वैशाख सम्मको समयसीमा तोकेको छ ।

गठबन्धनका शीर्ष नेताको मंगलबार बसेको बैठकले स्थानीय तहमा हुने तालमेल टुंग्याउन जिल्ला समितिलाई ४ वैशाख सम्मको समय दिएको हो । यसअघि चैत मशान्त भित्र तालमेल टुंग्याउन समय दिइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले वैशाख ४ भित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिने समझदारी भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । सत्ता गठबन्धनको बैठक बाट बाहिरिने क्रममा नेता सिटौलाले भने ‘गठबन्धनका दल बीचमा वैशाख ४ गतेभित्र उम्मेदवार टुंगो लगाउन स्थानीय तहका कार्यसमितिलाई निर्देशन दिने कुरा भएको छ ।’

 

 

 

footer