kumari
stcnepal

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको मुख्य एजेण्डामा स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल रहेको छ ।

यस्तै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्था बारे पनि छलफल हुने बुझिएको छ । काँग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन । चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एजेण्डा भएपनि सहमति हुन नसकेपछि रोकिएको थियो ।


स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन काँग्रेसको केन्द्रीय संसदीय समितिले गर्छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार दर्ताको मय भएकाले संसदीय समिति गठन गर्नैपर्ने काँग्रेसलाई बाध्यता छ ।

यस्तै फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गरेको थियोे । फागुन ९ गते नेविसंघ र तरुण दलमा सभापति मनोनित गरिएपनि बाँकी भ्रातृ संस्थामा नेतृत्व समेत आएको छैन । यस विषयमा पनि बैठकमा छलफल हुने छ ।

 

 

footer