kumari
stcnepal

कुलमानको फोटो माओवादी केन्द्रले गर्यो दुरुपयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय चुनाव प्रचारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रयोग गरेको छ।

लोडसेडिङ अन्त्य गरेको र अब विद्युत निशुल्क हुने नारासहित माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दशन शर्मासहित घिसिङको तस्बिर चुनावी प्रचार सामग्रीमा प्रकाशन गरेको छ।

पछिल्लो पटक गभर्नरलाई निलम्बन गरेको प्रकरणमा शर्मा र लोडसेडिङ अन्त्यका लागि भारतबाट महँगो बिजुली किन्ने निर्णयका कारण कुलमान पनि विवादमा तानिएका छन् ।

दुवै जना विवादमा तानिएपनि माओवादी केन्द्रले उनीहरुकै फोटो राखेर जनतालाई फेरी झुक्याउने प्रयास गरेको भन्दै चौतर्फी त्यसको विरोध भएकोु छ ।

footer