kumari
stcnepal

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिन राजीनामाको व्यवस्था कायम राख्न माग गर्दै सर्वोच्चमा निवेदन दियो

काठमाडौं । जनप्रतिनिधिले पुन: स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन पद बाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । निर्वाचन आयोगले जनप्रतिनिधिले निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा गरेको थियो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिटमा सर्वोच्चले ८ चैतमा आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालय मार्फत सर्वोच्चमा निवेदन दिएको हो । उक्त निवेदन माथि बुधबार नै सुनुवाइ हुँदैछ ।

 

 

 

footer