kumari
stcnepal

हुण्डीले गभर्नर खायो, प्रधानमन्त्री चुप

 

काठमाडौं । हुण्डी व्यापारीले पठाएको ४० करोड बारे अमेरिकाले छानबिन गर्नु, कालोधन हुनसक्छ, आतंककारी धन हुनसक्छ भनेर खबर गरेपछि सत्तासीनभित्र भुइचालो गयो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादको जागीर नै खाइदिए अर्थमन्त्रीले । अर्थविदहरु भन्छन् अर्थतन्त्रको ढाड भाँचिन लागेको बेलामा सत्तासीनले गरेको यो सबैभन्दा खराव र दुर्भाग्यपूर्ण निर्णय हो ।
तर भित्री पाटोका जानकार भन्छन् त्यो पैसा माओवादीको पैसा हो । हुण्डी हो । त्यो पैसा चुनावी खर्च हो । त्यसको सूचना गभर्नरले चुहाएको नाममा गभर्नरको जागीर खोसिएको हो । यति ठूलो निर्णय प्रधानमन्त्रीको समर्थन बिना सम्भव नै छैन ।
यसबाट थाहा हुन्छ, शेरबहादुर देउवा प्रधानमन्त्री बनिरहन जस्तोसुकै राष्टघाती निर्णय पनि गर्नसक्छन् भनेर ।

footer