kumari
stcnepal

पाँच दलिय गठवन्धनको तालमेलको आधार तयार

काठमाडौँ । पाँच दलिय गठवन्धनले ७ सय ५३ वटै स्थानीय तहमा आउदो स्थानीय तहको निर्वाचनमा गठवन्धन गर्ने निर्णय गरेको छ । त्यस्का लागि भागवण्डाका आधारहरु समेत तयार गरेको छ । ति आधारहरुमा २०७४ सालमा भएको स्थानीय तहको प्रमुखमा विजयी भएकालाई आधार मान्ने, पालिका र वडामा प्राप्त मतलाई आधार मान्ने, २०७४ मा विजय प्राप्त नगरेका भएपनि सत्ता गठवन्धनभीत्रका दललाई सहभागी गराउन,गठवन्धन वाहेकका दल विजयी भएका स्थानमा प्रमुख पदमा प्राप्त मत ल्याई आधार मान्ने, एकीकृत समाजवादी नेकपा एमालेवाट विभाजित भएर बनेको हुनाले उसलाई मुख्य शक्ती रहेको यर्थाथलाई मनन् गर्ने, वर्तमान समयमा गठवन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने र गठवन्धन भीत्र रहेका दलहरुवीचमा मात्र चुनावी तालमेल गर्ने । यसरी पाँच दलिय गठवन्धनले तालमेलको आधार बनाएपछि माधव नेपाल अध्यक्ष रहेको पार्टीलाई केही राहत मिलेको जस्तो देखिएपनि व्यवहारमा त्यस्तो अवस्था देखिएको छैन । नेकपा एमालेवाट विभाजित भएर गठन भएको नेकपा एकीकृतमा नेकपा एमालेवाट करीव १० प्रतिशत मात्र नेता तथा कार्यकर्ता गएका भएपनि काग्रेस र माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई मुख्य शक्ति स्वीकार गर्नु हारको मनस्थिति वाहेक अरु केही हुन सक्दैन ।

पाँच दलिय गठवनधनले ६ महानगर पालिका ११ उपमहानगर पालिकामा केन्द्रले नै भागवण्डा मिलाउने निर्णय समेत गरेको छ । सत्ता गठवन्धनमा रहेका नेपाली काग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा बीच २०७४ को स्थानीय तहको निर्वाचन परिमाण प्राप्त मतभार संगठनको वस्तु स्थितिलाई आधार मानेर प्रमुख उपप्रमुखको पद वाँडफाँड गर्ने सहमति समेत गरेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २ सय ९४ स्थान , काग्रेसले २ सय ६६ ,माओवादी केन्द्रले १ सय ६ पालिकामा जितेका थिए । संघीय समाजवादी हालको जनता समाजवादीले ३४ र सत्ता गठवन्धनमा रहेका जनमोर्चाले ३ र वावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले २ स्थानमा जित हासिल गरेको थियो । त्यसैले अहिले गठवन्धन वाहिर रहेका दल र स्वतन्त्रले गरी ४८ स्थानमा जितेकोमा समेत गरी अव ३ सय ४२ स्थानमा भागवण्डा गर्ने तयारी पाँच दलिय गठवन्धनले गरेको छ । यो गठवन्धनले गर्दा काग्रेसलाई नै संकट परेको छ ।

पाँच दलिय गठवन्धनले वनाएको मापदण्डनुसार महानगर र उपमहहानगरका मेयर र उपमेयरको सिटको वाडफाँटको निर्णय पाँच दलिय गठवन्धनको केन्द्रीय संयन्त्रले गर्ने छ । गठवन्धनमा रहेका दलहरुले नेतृत्व गरेका महानगर उपमहानगर ,गाउँपालिकामा यस पटक पनि त्यही दलका उम्मेदवार उठाउने सहमति समेत गरेका छन् । यस सहमतिले गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रकै भागमा पर्ने निश्चित जस्तै भएको छ भने ललितपुर र विराटनगर महानगर पालिका काग्रेसले नै पाउने भएको छ । विरगञ्ज महानगरपालिका र पोखरा महानगर पालिका पनि भागवण्डा लगाउने भएका छन् । काग्रेसले काठमाडौँ दावी गरेको छ भन्ने एकीकृत समाजवादी पोखरा महानगरपालिका दावी गरेको छ । एकीकृत समाजवादीलाई एउटा महानगर र ११ उपमहानगर मध्येको एउटा दिने सहभागि भएको छ । यसरी पाँच दलिय गठवन्धनले आ आफ्नो पार्टीको नेता र कार्यकर्ताहरुको भावना विपरित भागवण्डा गर्ने निर्णय गरेका हुनाले भरतपुरमा जस्तै अन्य ठाउँमा समेत विवाद उत्पन्न हुने निश्चित रहेको छ । स्थानीय काग्रेस नेतृत्वले भरतपुर महानगरमा विद्रोह गर्ने संकेत दिएको छ ।

footer