kumari
stcnepal

राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट : कमल थापा

ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन् । राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाले आरोप लगाए ।

पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिवार कुमारिपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको बताए । विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाई राखेको, दबाब र प्रभाव बढाउँदै लगेको चर्चा गर्दै राष्ट्रियता सङ्कटमा पर्दा देशको अस्तित्व रक्षाको लागि हामीले राजा सहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत उनले स्पष्ट पारे । राप्रपा नेपाल परिवर्तनको विरोधी शक्ति नभएको बताउँदै अध्यक्ष थापाले निरन्तरता सहितको परिवर्तन जरुरी भएको बताए ।

कुनै पनि देशले आफ्नो धर्म ,संस्कृति र मूल्य मान्यताको रक्षाबिना प्रगति नगर्ने भन्दै विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधीनताको रक्षा नहुने थापाको दाबी थियो । कार्यक्रममा डा.विष्णु भण्डारी ,राजाराम बर्तौला ‘चुनेली’ र सुदर्शन केसीले पनि बोलेका थिए ।

 

footer