विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललितपुरका थप दुई जनामा हैजा पुष्टि

468
shares

काठमाडौँ । ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जनामा हैजा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।

यस्तै, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको ८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । पानीमा दिशाजन्य पदार्थको मिश्रण हुँदा मानिसमा हैजा देखिने गर्दछ । निर्मलीकरण गरेको पानी मात्रै पिउन विज्ञहरूको सुझाव छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports