linktrix Long Ad
Salt Trading Long Ad

काभा भलिवल : नेपालको भारत माथि ऐतिहासिक जित

1K
shares

काठमाडौँ – महिला भलिबल इतिहासमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको छ।

शनिबार भएको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ ले पराजित गरेको हो। रोमाञ्चक बनेको पाँच सेटको खेलमा नेपालले अन्तिम सेटमा जित हासिल गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भरिभराउ दर्शकमाझ नेपालले पहिलो सेट सहज रुपमा २५–१८ ले खेल आफ्नो पक्षमा पार्‍यो। तर, दोस्रो सेटमा कमजोर देखिएको नेपाल १२–२५ ले खेल गुमाउन पुग्यो। तेस्रो सेटमा पुनरागमन गरेको नेपालले २५–१७ ले खेल आफ्नो पक्षमा पार्‍यो।

पुनः चौंथो सेटमा खेलमा फर्किएको भारतले १८–२५ ले खेल जित्दै २–२ को बराबरी भएको थियो। निर्णायक मानिएको पाँचौं तथा अन्तिम सेटमा नेपाल १५–१३ ले खेल आफ्नो पक्षमा पार्दै जित हासिल गर्‍यो। यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक बनाएको छ। तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ। दक्षिण एसियाली क्षेत्रमा महिला भलिबलमा भारत सर्वाधिक बलियो टोलीका रुपमा रहँदै आएको छ। नेपालले ५ वर्षअघि स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भारतलाई कडा टक्कर दिए पनि पाँच सेटको खेलमा अन्तिम सेटमा खेल गुमाउँदै स्वर्णको अवसर गुमाएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports