गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओलीद्धारा चलचित्र नमेटीने घाउँको डबिङ

533
shares

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’मा आफूले गरेको अभिनयको डबिङ गर्नुभएको छ । शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर चलचित्रमा आफूले अभिनय गरेको संवादको डबिङ गर्नुभएको हो ।

अभिनेता रमित ढुंगनाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ ।लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेख्नुभएको हो ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ । ‘नमेटिने घाउ’मार्फत सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीकोसमेत अभिनय रहेको छ । चलचित्रमा निरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports