kumari
stcnepal

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नुहुनेछ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ । सांसद् डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गर्नुहुनेछ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।

footer