kumari
stcnepal

नेपालले आज तेस्रो स्थानका लागि ओमानसंग खेल्दै

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज ओमानको सामना गर्दैछ ।

ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमान बीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ ।


मंगलबार भएको सेमिफाइनलमा नेपाल युएई सँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ । ओमान सेमिफाइनलमा आयरल्याण्ड सँग पराजित भएको थियो ।

छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।

 

 

 

footer