विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुशासन स्यालको सिङ्को कथाजस्तो भयो

520
shares

 

राजन कार्की
०४६ सालको परिवर्तनदेखि हालसम्मको शासनमा कानुनव्यवस्थामाथि खेलाँची गरेरै बितेको छ । १७ वर्ष लोकतन्त्रको नाममा नेतातन्त्र, १७ वर्ष बिधिको नाममा भ्रष्टतन्त्र चलिरहेको छ । सुशासन स्यालको सिङ्जस्तो भयो ।
हामीले हाइटी सोमालियाको कहालीलाग्दो कथा सुनेका छौं । नेपाल त्यही कहालीलाग्दो दृष्टान्त बन्नपुगेको छ । बहुदलकालमा जसको शासन थियो, लोकतन्त्रको कालमा पनि तिनकै शासन छ । तिनलाई किन असफल भइयो, जनताको सम्मान आर्र्ज सकिएन भन्ने विषयमा कुनै लज्जावोध देखिदैन ।
०४६ साल अघि कानुनीराजको चाहनाले आन्दोलन भयो र परिवर्तन आयो । तर कानुुुुुुुुुुुुुुुुुुन व्यवस्था ठिक हुनसकेन । ०६३ को कालखण्डमा पनि बिधिको शासनकै जनचाहना थियो, त्यसपछिको समयमा पनि कुशासन नै देखियो । इतिहासका अनुसार सन १८०० मा नेपालियन कोड नेपोलियन बोनापार्टले जारी गरेका थिए । यही कानुन पहिलो लिखित कानुन मानियो । त्योभन्दा पनि ४ सय २१ वर्ष पहिले नै अर्थात सन १३७९, बि.सं. १४३६ मा नै राजा जयस्थिति मल्लले नेवारी र संस्कृत भाषामा न्यायविकासिनी कानुन लिपिवद्ध गरिसकेको पत्ता लाग्यो । यस्तो देशमा आज कानुन राजनीतिक खेलौना हुनपुग्यो । लोकतन्त्र भाङ्ग्राको टोपीलाई गुहेलाको फुल बन्यो । संविधान र कानुनी राजका नाममा अराजकता फैलिएको छ ।
नेपालको अर्को नाम पैसा भएपछि जे पनि गर्न गराउन सकिने अराजक देशको नामले बदनाम भइसकेको छ । यसकारण जनतामा आक्रोश बढेको छ ।
संक्रमणकालीन न्याय सम्पादन हुनसकेन । जनयुद्धका ६४ हजारभन्दा बढी उजुरी छन् भने अदालतमा लाखभन्दा बढी मुद्दा । काँडाले घोचेजस्ता, सिस्नोले पोलेजस्ता मुद्दा ०४६ साल, ०६३ साल, मधेस आन्दोलनका बेलाका शहीदका पनि छन्, विभेदका कारण शहीद घोषणा हुन नसकेकाहरूको पनि छन् । २०७२ साल भदौ ७ गते नावालक बच्चासहित ७ प्रहरीको नृशंस हत्याका मुद्दा र मुद्दाका दोषी रेशम चौधरीले चुनाव जितेको र शपथग्रहण गराउने कि नगराउने भन्ने देखि उनलाई विधिको शासन भन्नेहरूले नै माफी दिएको प्रश्न पनि छ । हरेक वर्ष हत्या, हिंसा, बालबृद्धाको बलात्कारका समस्या कहालीलाग्दो छ । यी कानुनले ती सबै समस्या संवोधन गर्न सकेन । अन्तिम आशामा रहेको अदालतको हालतमा पनि अस्तव्यस्त नै देखिन्छ । अदालत पार्टीको भातृसंगठन त होइन भन्ने प्रश्न पनि गर्ने गरिन्छ । किनकि असमानता र निरंकुशताको, बिखण्डन र समाजविरोधी तत्वको अन्त्य हुनुपथ्र्यो, प्रजातन्त्रमै ग्रहण पो लाग्यो । लोकतन्त्र निरंकूशतन्त्र बन्यो ।
नेपाली नेताहरु विदेशभक्त बढी भए । स्वदेश र स्वराजको बदनाम गरेर बिदेश भक्त बन्नु नेपाली नेताको पुरानै रोग हो । यो झन बल्झेको छ । साँच्चै भन्ने हो भने हरेक नेता, कर्मचारीको सम्पत्तिको स्रोत खोज्नुपर्ने बेला आइसक्यो । संविधान बनाउनका लागि बनेका सांसदहरू कस्ता थिए भने राजेन्द्र महतोकी श्रीमती शैलकुमारी,राजकिशोर यादवकी श्रीमती सरिता कुमारी, अनिल झाकी श्रीमती डिम्पल झा, नेताकी प्रेमिका निर्जला राउतमात्र होइन, महन्थ ठाकुरले त छोरीकी सासू सम्धिनीलाई सांसद पद नै दाइजोमा दिएका थिए । अहिले समानुपातिकमा भ्रष्ट चरित्र देखाएर सांसद बनेकी कांग्रेस सभापति पत्नी आरजु देउवा परराष्ट्र मन्त्री बन्न पुगेकी छिन् । १७ वर्षमा स्वार्थको मनोवृत्तिमा कुनै फरक आएन ।
बिधि हात्तीको देखाउने दाँत बन्यो ।
बिधि र लोकतन्त्रका नाममा समाजदेखि सर्वोच्च अदालत, संसदको खाजासमेत एनजीओ, आइएनजीओले ख्वाइरहेको छ । लोकतन्त्र विदेशीको हैकममा पुग्यो । सरकार बनाउन, टिकाउन विदेशी गुहार्ने चलन छँदैछ । सांसद किनबेच गरे, किनबेचका लागि भारतदेखि चीनसम्म पैसा माँग्नसमेत गए । बिधि बलियो भएको भए भारतको झारखण्डमा सांसद खरिद गर्दा त्यतिबेला पीभी नरसिंह राव जेल परेका थिए, बोफोर्समा राजीव गान्धी र चारा घाटाला काण्डमा लालु यादव जेलको चक्की पिस्न पुगे । कांग्रेसलगायतका पार्टीहरुले बिधिलाई बदनाम गर्ने गरेर दलालीतन्त्र चलाइरहेका छन् ।
राजनीति राष्ट्रघात गर्न उत्साहित छ । यस्तो चरित्र बोकेको राजनीति राष्ट्रवाद बचाउन सक्दैन । आफूमाथि कुनै खतरा नहोस् भनेर भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी आफ्नो नक्सामा मिलाइसक्दा पनि भूगोल खोज्न कुनै नेता तैयार छैनन् । यी लेण्डुपेजस्ता लाग्छन् । लेण्डुप सधैं निन्दनीय छन् । नेपालमा लेण्डुपेहरुको नयाँ नयाँ संस्करण जन्मन थालेका छन् ।
राजनीति स्वच्छ हुनुपथ्र्यो । नियत सफा देखिनुपथ्र्यो । नेपालको राजनीतिले सिकाएको शिक्षा नै बेइमानी हो । यहीकारण पानी मन पर्छ बचाउँदैनन्, खाना मन पर्छ, खेती गर्दैनन् । दूध मन पर्छ गाई पाल्दैनन्, शीतल खोज्छन्, रूख रोप्दैनन् । राम्री बुहारी खोज्छन्, छोरी भए गर्भपतन गराउँछन् । बोत्स्वाना हीराको व्यापारमा नम्बर वान हो । नेपाल पानी र पर्यटनमा नम्बर वान हुनसक्छ, बुझ्दैनन् । सबैलाई इजी मनी र सिधै सत्ता चाहिएको छ । सम्पत्ति त राज्यकोष, राज्य सम्पत्ति बेचेर पनि कमाउँछन्, दलाललाई दलाली नै प्यारो । दलाललाई लोकतन्त्र देखाउनका लागिमात्र चाहिएको हो ।
इतिहास साक्षी छ, १९६९ मा सुरक्षा परीषदमा चुनाव लडेर निर्वाचित भएको नेपाल, जसले त्यतिबेला जापानलाई हरायो । चीन सदस्य नै थिएन । १९८८ मा एसियाले साथ दियो, फेरि नेपालले जित्यो । त्यसपछि नेपालको कहाँ छ ? भ्रष्ट नेता भएको धनी देश हो नेपाल । जो माँगेर छाक टार्छ, विकासको पाइला सार्छ । १७ वर्ष अघिसम्म नेपाल के भन्छ भनेर विश्वका कान ठाडा हुन्थे, आज नेपाल दिल्लीमै अपमानित हुन्छ, बाँकी विश्वको के कुरा गर्नु र ? नेपाललाई यसरी रसातल पु¥याउनाले ल्याएको संविधान यिनकै लागि भार हुनथालेको छ ।
सुधारिएर बाल्मिकी बन्लान भनेको, सुधारिएनन् । रत्नाकर बाल्मिकी बनेको संस्कृति छ, संस्कारित बन्न कोही तैयार छैन । भुल हुन्छ, सुधार्न कोही तैयार छैनन् । सबै मैमत्ता न कलकत्ता भएका छन् । दम्भले झम्मै पारिसक्यो । मकवानपुरमा अग्नि एयरको नोज डाइभ र असक्षमताको मैदानमा लोकनेताहरूको टाउको टेकाई उस्तै भएन र ? यसकारण प्रश्न उठ्यो– राजनीतिक अन्धबेगले सोमालिया बनाउने भयो । वर्तमान नेपालको अन्याय र अराजकता सामालियाभन्दा कम छैन ।
१९७५ मा भारतले लेण्डुप दोर्जीको प्रयोग गरेर सिक्किम खाइदियो । लेण्डुपका ३२ मध्ये ३१ सांसदले संसदबाटै भारतमा बिलयन हुने प्रस्ताव पारित गरेका थिए । त्यसपछि लेण्डुप बाँचुन्जेल जनताले उनलाई देख्यो कि थु थु गर्थे, उनी मर्दा मलामीसम्म पाएनन् । कुनै बेला मैसुर राज्यका गद्धार शेख हयास, मीर खानहरू थिए, नेपालमा नेताहरूको रूपमा तिनको पुनर्जन्म त भएन ?
इतिहास शिक्षा पनि हो । बेलायतको इतिहासमा मान्छे काटेर सिंहासनमा बस्ने राजा रिचार्ड तेस्रो थिए । युध्दमैदान जाँदा एकदिन उनी शत्रुको घेरामा परे । उनले रणभूमिमा भनेका थिए– म हजारौं बिरोधीबाट हार खान्न । मेरा सेनाको शक्ति पनि कमजोर छैन । तर कुन गद्धारले गर्दा म घेरामा परें । म मारिनु पर्ने स्थिति छ, तैपनि मलाई एउटा घोडा चाहिएको छ । म त्यो गद्धारको खोजी गर्छु । म त्यो घोडा चढेर गद्धार खोज्न जान्छु । त्यसलाई सिध्याउँछु । गद्धारलाई मार्ने अवसर देउ, त्यसपछि मलाई टुक्रा टुक्रा पार, म ऐया पनि भन्नेछैन । यस्ता देशभक्त एकजना पनि छैनन् नेपाली राजनीतिमा । सबै गद्दारीको नसामा मदमत्त छन् ।
राजनीति र प्रशासनमा गद्धारहरूको बिगबिगी छ । देश युवा बेच्ने, युवा रगत बेच्ने, देशको भविष्य बेचेको रेमिटान्सले संघीय लोकतन्त्र चलाउने । राष्ट्रमा अराजकता छ, अनीति छ, अनुशासन छैन, मनपरीमात्र छ । हामी असफल राष्ट्रका जनता बन्दैछौं । अव जनताले, नागरिक समाज र बुद्धिजीवीहरूले गद्धारीपन जहाँजहाँ छ, त्यसको भण्डाफोर गर्नुपर्छ । सिनो राजनीति र मुर्दा अर्थनीतिको सुधार गर्न कडिकडाउ निर्णय लिने वीर त जन्मनैपर्छ । अन्यथा शेक्सपियरको एक कथामा सिजरलाई जसरी उनकै विश्वासपात्र ब्रुटसले धोका दिएर मारे । सिजरले ब्रुटस तिमी पनि…. भनेर प्राण त्याग गर्नुप¥यो, त्यसैगरी गद्धारहरूले नेपाललाई चिहान बनाउने छन् । नेपाल चिहानभन्दा कम छेन ।
यति ठूलो परिवर्तन गर्ने अगुवा जनयुद्ध र जनआन्दोलनका नायकहरू नासूर बने । ऋगबेदका ऋचाका पवित्र श्लोकहरू गुन्जियोस् भन्ने थियो, राष्ट्र विकासशील बन्दियोस् भन्ने थियो, मंगलसेनहरूको जगजगीले तुहियो । भृकुटी, बलबाहुको देश बाहुबलीको चङ्गुलमा फस्यो । माक्र्स, लेनिनका सालिक पनि कम्युनिष्टका सम्भ्रान्त जीवन देखेर लजाएका होलान् । यी नेतालाई अलिकति पनि लज्जावोध हुन्न, यी कस्ता पात्र हुन् । दया लागेर आउँछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports