सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले आज तेस्रो स्थानका लागि ओमानसंग खेल्दै

559
shares

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज ओमानको सामना गर्दैछ ।

ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमान बीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ ।


मंगलबार भएको सेमिफाइनलमा नेपाल युएई सँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ । ओमान सेमिफाइनलमा आयरल्याण्ड सँग पराजित भएको थियो ।

छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports