kumari
stcnepal

एमसीसी छलफल हुन लाग्दा संसद भवन घेराउमा

काठमाडौं । ८ फागुनमा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसी आजबाट छलफलमा लगिँदैछ । सदनमा एमसीसीबारे छलफल हुनै लाग्दा संसद भवनबाहिर भने एमसीसीको विरोधमा प्रदर्शन जारी छ ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी र एकीकृत समाजवादीनिकट भ्रातृ संगठनलगायतले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीको समूह संसद भवन घेराउ गर्न अगाडि बढिरहेको छ ।

 

संसद भवन वरपर जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । आज बिहान गृहमन्त्री बालकृष्ण खाणले आन्दोलनकारी संगठनका प्रमुखहरूलाई टेलिफोन गरेर गठबन्धनलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका थिए ।

आन्दोलनका कारण काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । तीनुकने-बानेश्वर भएर चल्ने सवारीसाधनलाई विभिन्न स्थानबाट फर्काइएको ट्राफिक प्रहरीले जनाएको छ ।

footer