सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी छलफल हुन लाग्दा संसद भवन घेराउमा

520
shares

काठमाडौं । ८ फागुनमा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसी आजबाट छलफलमा लगिँदैछ । सदनमा एमसीसीबारे छलफल हुनै लाग्दा संसद भवनबाहिर भने एमसीसीको विरोधमा प्रदर्शन जारी छ ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी र एकीकृत समाजवादीनिकट भ्रातृ संगठनलगायतले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीको समूह संसद भवन घेराउ गर्न अगाडि बढिरहेको छ ।

 

संसद भवन वरपर जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । आज बिहान गृहमन्त्री बालकृष्ण खाणले आन्दोलनकारी संगठनका प्रमुखहरूलाई टेलिफोन गरेर गठबन्धनलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका थिए ।

आन्दोलनका कारण काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । तीनुकने-बानेश्वर भएर चल्ने सवारीसाधनलाई विभिन्न स्थानबाट फर्काइएको ट्राफिक प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports