kumari
stcnepal

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बीच आज निणॅयक वाताॅ हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओली बीच बालकोट स्थित ओली निवासमा शुक्रबार साँझ भएको भेटवार्ता सम्पन्न भएको छ । उनीहरू बीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ सबैको सहमतिमा पारित गर्ने बारेमा छलफल भएको बैठक पछि नेताहरूले जानकारी दिएका छन् ।

बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओली सँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधिसभा बाट अनुमोदन गरौंँ भन्ने प्रस्ताव गर्नुभएको जानकारी दिए ।

छलफल पछि जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसद्मा छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । एमसीसी अनिर्णयको बन्दी बन्नु हुँदैन भन्ने मान्यता एमालेको पनि रहेको भन्दै उनले नेपाली कांग्रेस र एमाले बीचमा समझदारी हुनुपर्ने बारेमा छलफल भएको बताए ।

ज्ञवालीले छलफल बारे भने, “आजको छलफलमा कांग्रेस गम्भीर देखिएको छ, हामीले पुरानै माग राखेका छौँ, तर सरकार सँग एमालेको माग पूरा गर्ने खाका बनेको पाएनौँ ।” एमालेलाई संसद्मा प्रवेश गरेर आफ्नो कुरा राख्ने वातावरण सरकारले बनाउनुपर्ने र संसद्मा एमालेले राखेको नाराको माग पूरा गर्नुपर्ने एमालेको धारणा यथावतै रहेको उनको भनाइ छ । एमालेले सरकारमा जाने र लेनदेन गर्ने बारेमा कुनै प्रस्ताव नराखेको भन्दै नेता ज्ञवालीले कांग्रेस र एमालेबीच शनिबार पुनः छलफल हुने बताए । कांग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने उनको भनाइ छ ।

footer