छलफल पछि जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसद्मा छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । एमसीसी अनिर्णयको बन्दी बन्नु हुँदैन भन्ने मान्यता एमालेको पनि रहेको भन्दै उनले नेपाली कांग्रेस र एमाले बीचमा समझदारी हुनुपर्ने बारेमा छलफल भएको बताए ।































