kumari
stcnepal

आज शहिद स्मारक ए डिभिजनका अन्तिम ३ खेल हुने

शहीद स्मारक ‘ए’ डिभिजन लिग आज समापन हुँदैछ । लिगको अन्तिम दिन आज तीन वटा खेल हुँदैछ ।

आज न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी तथा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लब बीच खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा दिउँसो एक बजे आर्मी र मनाङ तथा बेलुका साढे चार बजे मच्छिन्द्र र एपीएफ खेल्दैछन् ।

आर्मी १२ खेलमा २२ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ । समान खेलमा मनाङ २० अङ्कसहित पाँचौँ स्थानमा छ । त्यस्तै मच्छिन्द्र १२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा १५ अङ्क जोडेको एपीएफ आठौँ स्थानमा छ । त्यस्तै एनआरटी र पुलिसको खेल एन्फा मैदान सातदोबाटोमा दिउँसो एक बजे सुरु हुनेछ । एनआरटी १२ खेलमा २० अङ्कसहित चौथो र समान खेलमा पुलिस १२ अङ्कका साथ एघारौँ स्थानमा छ । १३औँ तथा अन्तिम चरणको आजका खेलसँगै लिग सकिनेछ । लिगको विजेता र रेलिगेसनमा पर्ने दुई टोलीको टुङ्गो भने यसअघि नै लागिसकेको छ ।

लिगको ११औँ चरणमा मच्छिन्द्र फुटबल क्लबले उपाधिको जितिसकेको छ । त्यस्तै च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज रेलिगेसनमा परेका छन् ।

footer