kumari
stcnepal

कुशलले गरे बरियात क्रममा सुधार,३१ बाट २९ औ नम्बरमा

क्रकेटर कुशल भुर्तेलको आईसीसी वरियतामा सुधार आएको छ । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान उनले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका हुन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् । यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१औं स्थानमा थिए ।

यसैगरी दीपेन्द्रसिंह ऐरीको भने वरीयता एक स्थान खस्किएको छ । पछिल्लो हप्ता वरीयताको ५०औं स्थानमा रहेका दीपेन्द्र ५१औं स्थानमा झरेका छन् । वरीयताको शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटरद्वय बाबर आजम र मोहम्मद रिजवान छन्।

 

 

footer