kumari
stcnepal

बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले पिएसजी माथि सानदार जित

करिम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले पिएसजी माथि सानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक गरेपछि रियल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले हराएको हो।पहिलो लेगमा रियल १–० ले पराजित भए पनि दोस्रो लेगमा सुरुवाती अग्रता जोगाउन नसक्दा पिएसजी अन्तिम १६ बाटै बाहिरियो। सान्टियागो बर्नबेउमा बुधबार राति खेलको ३९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म १-० ले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन जित निकाल्यो।बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै टोलीलाई सानदार जित दिलाए ।६१ औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।७६ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसको दुई मिनेट पछि नै बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ ले अघि बढाउँदै सानदार पूनरागमन जित दिलाए।

 

footer