kumari
stcnepal

निर्वाचन आयोगको स्थानीय तह निर्वाचन बारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन दलहरुलाई आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन बारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । ३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि तीव्र गतिमा तयारी भइरहेको भन्दै आयोगले निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति नदिन आग्रह गरेको हो ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।’ उनका अनुसार निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्र मध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान छपाई भइसक्यो । दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको छ ।

निर्वाचन पर्यवेक्षण गर्न ६५ वटा संस्थाले निवेदन दिएका छन्, जसले २० हजार ४ सय ६७ पर्यवेक्षक प्रस्ताव गरेका छन् । निवेदन उपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।

 

 

 

footer