प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगको स्थानीय तह निर्वाचन बारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन दलहरुलाई आग्रह

637
shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन बारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । ३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि तीव्र गतिमा तयारी भइरहेको भन्दै आयोगले निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति नदिन आग्रह गरेको हो ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।’ उनका अनुसार निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्र मध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान छपाई भइसक्यो । दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको छ ।

निर्वाचन पर्यवेक्षण गर्न ६५ वटा संस्थाले निवेदन दिएका छन्, जसले २० हजार ४ सय ६७ पर्यवेक्षक प्रस्ताव गरेका छन् । निवेदन उपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports