kumari
stcnepal

राष्ट्र बैंकका दुई सञ्चालक पद आजदेखि रिक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई सञ्चालक पद आजदेखि रिक्त भएको छ । सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको पाँचवर्षे कार्यकाल पूरा भएसँगै दुई सञ्चालक पद रिक्त भएको हो । सन् २०१७ अप्रिल १६ मा राष्ट्र बैंकको सञ्चालक नियुक्त भएका दुवैजना कार्यकाल पूरा गरेर बाहिरिएका हुन्
गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको र सञ्चालकद्वय पौडेल र रेग्मीको पनि कार्यकाल पूरा हुँदा राष्ट्र बैंकको सञ्चालक समिति अब चारजनामा सीमित भएको छ ।

अर्का सञ्चालक सुबोधकुमार कर्णमाथि पनि विदेशबाट आएको शंकास्पद रकम छुटाउन ३० हजार अमेरिकी डलर घुस मागेको आरोप लागेको छ । उनको कार्यकाल एक वर्ष बाँकी छ ।

राष्ट्र बैंक ऐन–२०५८ मा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय हुने व्यवस्था छ । गभर्नर अध्यक्ष रहने सञ्चालक समितिमा अर्थसचिव, दुई डेपुटी गभर्नर र नेपाल सरकारले नियुक्त गरेका तीनजना सञ्चालक रहने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा १७ को उपदफा ९१० मा मन्त्रिपरिषद्ले राष्ट्र बैंकको सञ्चालक नियुक्त गर्ने व्यवस्था छ । सोही दफाको उपदफा ९२० मा सञ्चालकको नियुक्ति गर्दा आर्थिक, मौद्रिक, बैकिङ वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्ये अलग–अलग क्षेत्रको प्रतिनिधित्व हुने गरी नियुक्ती गर्नुपर्ने उल्लेख गरीएको छ ।

footer