प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैंकका दुई सञ्चालक पद आजदेखि रिक्त

689
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई सञ्चालक पद आजदेखि रिक्त भएको छ । सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको पाँचवर्षे कार्यकाल पूरा भएसँगै दुई सञ्चालक पद रिक्त भएको हो । सन् २०१७ अप्रिल १६ मा राष्ट्र बैंकको सञ्चालक नियुक्त भएका दुवैजना कार्यकाल पूरा गरेर बाहिरिएका हुन्
गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको र सञ्चालकद्वय पौडेल र रेग्मीको पनि कार्यकाल पूरा हुँदा राष्ट्र बैंकको सञ्चालक समिति अब चारजनामा सीमित भएको छ ।

अर्का सञ्चालक सुबोधकुमार कर्णमाथि पनि विदेशबाट आएको शंकास्पद रकम छुटाउन ३० हजार अमेरिकी डलर घुस मागेको आरोप लागेको छ । उनको कार्यकाल एक वर्ष बाँकी छ ।

राष्ट्र बैंक ऐन–२०५८ मा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय हुने व्यवस्था छ । गभर्नर अध्यक्ष रहने सञ्चालक समितिमा अर्थसचिव, दुई डेपुटी गभर्नर र नेपाल सरकारले नियुक्त गरेका तीनजना सञ्चालक रहने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा १७ को उपदफा ९१० मा मन्त्रिपरिषद्ले राष्ट्र बैंकको सञ्चालक नियुक्त गर्ने व्यवस्था छ । सोही दफाको उपदफा ९२० मा सञ्चालकको नियुक्ति गर्दा आर्थिक, मौद्रिक, बैकिङ वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्ये अलग–अलग क्षेत्रको प्रतिनिधित्व हुने गरी नियुक्ती गर्नुपर्ने उल्लेख गरीएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports