kumari
stcnepal

जेष्ठ १५ गते देखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसे घण्टा सञ्चालन हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गते देखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ । यात्रु र उडानको चाप बढेपछि विमानस्थल राति समेत खोल्न लागिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । यसअघि ०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजे सम्म १८ घण्टा सञ्चालन हुँदै आएको विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टा सम्म सञ्चालनमा ल्याएका थिए ।


पछि धावन मार्ग मर्मत गर्नुपर्ने भएपछि उडान सञ्चालनको समय घटेको थियो । त्यसपछि कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती भएपछि विमानस्थल सञ्चालनको समय झन् घटेको थियो । कोरोनाको असर कम भए सँगै त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढेको छ । विमानस्थल प्रशासनका अनुसार अहिले दैनिक ४ सय भन्दा बढी उडान भइरहेको छ भने करिब २५ हजार यात्रुले हवाई यात्रा गरिरहेका छन् ।

 

 

footer