तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेष्ठ १५ गते देखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसे घण्टा सञ्चालन हुने

520
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गते देखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ । यात्रु र उडानको चाप बढेपछि विमानस्थल राति समेत खोल्न लागिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । यसअघि ०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजे सम्म १८ घण्टा सञ्चालन हुँदै आएको विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टा सम्म सञ्चालनमा ल्याएका थिए ।


पछि धावन मार्ग मर्मत गर्नुपर्ने भएपछि उडान सञ्चालनको समय घटेको थियो । त्यसपछि कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती भएपछि विमानस्थल सञ्चालनको समय झन् घटेको थियो । कोरोनाको असर कम भए सँगै त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढेको छ । विमानस्थल प्रशासनका अनुसार अहिले दैनिक ४ सय भन्दा बढी उडान भइरहेको छ भने करिब २५ हजार यात्रुले हवाई यात्रा गरिरहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports