kumari
stcnepal

राष्ट्रिय दिवसको उपलक्ष्यमा पाकिस्तानी दूतावासमा झन्डोतोलन

काठमाडौं ।पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावास काठमाडौंमा झण्डोतलन गरिएको छ ।कार्यवाहक राजदूत उमैर अलीले पाकिस्तानी राष्ट्रिय झण्डा फहराएका थिए । सो अवसरमा अलीले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको सन्देश पढेर सुनाएका थिए ।

कार्यक्रममा बोल्दै अलीले सन् १९४० मा पूर्खाहरुले आफू र भावी पुस्ताका लागि छुट्टै मातृभूमि निर्माण गर्ने संकल्प गरेको स्मरण गरे । पुर्खाहरूले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिवद्धतालाई पुनः पुष्टी गर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।कार्यक्रममा नेपालमा बासोबास गर्दैै आएका पाकिस्तानी नागरिक र दूतावासका अधिकारीहरु सहभागी थिए ।

footer