kumari
stcnepal

टिआरसीमा मिलेर अघि बढने तिन दलको सहमती

प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ । बालुवाटार स्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा आज बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति बनेको हो । विधेयकमा समेट्ने विषय र प्रक्रियाका विषयमा पुनः बैठक बसेर निर्णय गर्ने दलहरुको तयारी छ ।

अर्को बैठक आगामी १ वैशाख शुक्रबार दिउँसो १ बजे सिंहदरवारमा बस्ने गरी समय तोकिएको जनाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

त्यस्तै, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई पनि शीर्ष नेताको बैठकमा राखिएको थियो ।

footer