kumari
stcnepal

बैकको त्रृण तिर्दिन भन्नेलाई सरकारले नछोड्ने चेतावनी

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नु गलत हुने बताउनुभएको छ । मेडिकल बिचौलिया दुर्गा प्रसाईंलगायतले बैंकको सडकबाट ऋण नतिर्ने खुल्ला चुनौती दिइरहेका बेला अर्थमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उहाँले ऋण लिएपछि तिर्दिनँ भन्न नमिल्ने बताउनुभयो ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बैंकको ऋण लिएर तिर्दिन भन्दै हिँड्नेमाथि सरकारले कारवाही गर्ने चेतावनी दिनुभएको थियो । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर भएर लागिपरेको पनि दाबी गर्नुभएको छ । अर्थतन्त्रमा केही दबाब परेको र त्यसप्रति सरकार गम्भीर रहेको उहाँको भनाई छ ।

अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लागेको पनि अर्थमन्त्री महतले जानकारी दिनुभयो । अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो ।

footer