kumari
stcnepal

नेपालले गुजरातलाई आठ विकेटले हरायो

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले आइतबार खेलिएको आफ्नो पहिलो खेलमा भारतको राज्यस्तरीय टोली गुजरातलाई आठ विकेटले हराएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.२ ओभरमा केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा १७ रन बनाए । अर्का ओपनर आसिफ शेखले पनि १६ बलमा १६ रन जोडे । गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक-एक विकेट लिए ।

footer