kumari
stcnepal

भारतमा आजबाट लोकसभाको निर्वाचन सुरू हुने

काठमाडौं ।भारतको विभिन्न प्रान्तमा आजदेखि लोकसभा निर्वाचन सुरु भएको छ । लोकसभा चुनावको पहिलो चरण २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान हुँदैछ । मतगणना असार ४ गते हुनेछ ।

पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड पश्चिम बंगाल, अण्डमान र निकोबार टापुहरू सहित राज्य र केन्द्र शासित प्रदेशहरू जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा मतदान हुँदैछ। निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ ।

निर्वाचनअन्तर्गत उत्तराखण्डमा सुरक्षित निर्वाचन सुनिश्चित गर्न हेलिकप्टरको प्रबन्ध गरिएको छ । उत्तराखण्डका अतिरिक्त मुख्य निर्वाचन अधिकारी विजयकुमार जोगदण्डेले सबै पाँच लोकसभा स्थानका लागि हुने निर्वाचनको मतदान केन्द्रमा भइरहेका तयारीबारे जानकारी दिँदै आपत्कालीन सेवाका लागि दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको जानकारी दिए। उनले यपटकको मतदान हिंसा वा हताहतमुक्त हुने र कुनै आपतकालीन अवस्था नआउने बताए
। “एउटा हेलिकप्टर गढवालमा र अर्को खकुमाउमा तैनाथ गरिने र तिनलाई आपतकालीन उद्देश्यका लागि मात्र प्रयोग गरिनेछ । यसपटकको मतदान हताहत वा हिंसामुक्त हुनेछ, कुनै आपतकालीन अवस्था आउने छैन ।’’ जोगडाँडेले भने।

पहाडी प्रदेशमा मतदाताको सहभागिता बढाउन राज्यभर ११ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिने भएको छ । यसैबीच, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बुधबार नैनीतालमा पत्रकारहरूसँग कुरा गर्दै लोकसभा चुनावमा ठूलो संख्यामा सहभागी हुन मतदाताहरूलाई आग्रह गरेका छन् ।

footer